सूचनाको शक्ति - The Power Of Information

        

रोचक हुँदै काठमाडौंको मतगणना : बालेन अघिअघि, अरु पछिपछि

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना रोचक हुँदै गएको छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अरु प्रतिस्पर्धीहरूलाई उछिन्ने क्रम जारी छ ।

उनले आज बिहानसम्म पनि अन्य प्रतिस्पर्धीहरूलाई पछाडि पारेका छन् । अगाडि जान दिएका छैनन् । बालेनले २ हजार ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितले १ हजार १६४ प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन । उनले १ हजार ६ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार बालेनलाई निकै अगाडि देखाएको छ । त्यसो त अहिलेसम्म गणना गरिएको मतको तुलनामा खसेको मत संख्या अत्यधिक छ ।

सबै उम्मेदवारहरूले आफू बलियो भएका वडाहरू प्रतिक्षा गरिरहेका छन । उम्मेदवारका समर्थकहरू मतगणना बढेसँगै मतसंख्या तल माथि हुनसक्ने आँकलन गरिरहेका छन् । चौथो नम्बर राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन दास श्रेष्ठले २१४ मत पाएको बताइएको छ ।

उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिएकी छिन् । काठमाडौं महानगरमा कुल मतदाता ३ लाख २४२ छन् । यीमध्ये १ लाख ४४ हजार ३६३ पुरुष र बाँकी महिला छन् । ३२ वटा वडा छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १०:४५