सूचनाको शक्ति - The Power Of Information

        

ललितपुर–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:३३