सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा स्वतन्त्र उम्मेदवार अग्रता, कांग्रेसका उम्मेदवार पछ्याउँदै

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता लिएका छन् ।

२९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:२०