सूचनाको शक्ति - The Power Of Information

        

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् ।

गठबन्धनका उम्मेदारले उज्वल बोहराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन् ।

यो पालिकामा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:१३