सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको खार्पुनाथमा कांग्रेस अध्यक्ष र माओवादी उपाध्यक्षमा विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल निर्वाचित भएका छन् । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् । अध्यक्ष रावल २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् ।

उनले १ हजार ८७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् । यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ ।

वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो । हुम्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:११