सूचनाको शक्ति - The Power Of Information

        

इलामको रोङ–१ मा भाइलाई हराउँदै वडाध्यक्षमा कांग्रेसका मनोहरि निर्वाचित

इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।

अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । एमालेको उम्मेदवार विष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत र विष्णुले ५६० मत पाएको विवरण प्राप्त भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:०७