सूचनाको शक्ति - The Power Of Information

        

पूर्वी रुकुममा सबै स्थानीय तहमा माओवादी अग्रता

पूर्वी रुकुमका तीन वटै स्थानीय तहमा मतगणना जारी रहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार पूर्वी रुकुममा मओवादी निकै कलियो देखिएको छ । सबै तहहरुमा उसकै अग्रता छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा न. १, २, ३, ५ र ६ मा माओवादीले जित हासिल गरेको छ भने वडा नं.४ मा कांग्रेसले जितेको छ ।

भुमे गाउँपालिकाको वडा न. ८ र ९ पनि माओवादीले जितेको छ । सिस्ने गाउँपालिकाको वडा न. १ र ८ मा माओवादी विजयी भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:५६