सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीको तीन उपमहानगरमा गठबन्धन अगाडि, कसको मत कति?

लुम्बिनी प्रदेशको चार उपमहानगरपालिकामध्ये घोराही, बुटवल र नेपालगञ्जमा मतगणना भइरहेको छ। यी उपमहानगरमा सत्ता गठबन्धनमा उम्मेदवार अगाडि छन्।

तुलसीपुर उपमहानगरपालिकामा भने गणना भएको छैन। तुलसीपुर-१७ को निर्वाचनपछि मात्र मतगणना हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

मत गणना भइरहको तीनवटै उपमहानगरमा गठबन्धनले अग्रता कामय गर्दै आएको छ। बुटवल उपमहानगरमा गठबन्धनले फराकिलो मतले अग्रता लिएको छ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे करीब दोब्बर मत सहित अगाडि छन्। शुरुआतदेखि नै अग्रता कायम गरेका पाण्डेले पछिल्लो पटक २ हजार २१४ म प्राप्त गरेका छन्।

उनलाई नेकपा (एमाले)का बाबुराम भट्टराईले पछ्याइरहेका छन्। भट्टराईले १ हजार ३१२ मत प्राप्त गरेका छन्। राप्रपाका मृगेन्द्र शेरचनले ४१९ मत ल्याएर तस्रो स्थानमा छन्।

उपमेयरमा भने एमालेका उम्मेदवार अग्रस्थानमा छन्। एमालेकी सावित्रा अर्यालले १ हजार ४८२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङले १ हजार २८१ मत प्राप्त गरेर दास्रो स्थानमा छन्।

घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माल २ हजार ९३७ मत ल्याएर अग्रस्थान छन्। त्यसैगरी एमालेका नरुलाल चौधरीले २ हजार ६०३ मत ल्याएर दोस्रो स्थान छन।

उपमेयरमा पनि गठबन्धन (नेपाली कांग्रेस) का भूपबहादुर डाँगीले अग्रता कायम गर्दै आएका छन्। उनले ३ हजार १५२ मत प्राप्त गरेका छन्। एमालेकी हुमा डिसीले २ हजार ४१४ मत प्राप्त गरेकी छन्। घोराहीमा वडा नम्बर १४, १५, १६, १७, १८ र १९ को मत गणना भइहरको छ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरमा गठबन्धन (नेपाली कांग्रेस) का प्रशान्त विष्टले ४१० मत ल्याएर अग्रस्थानमा छन्। उनलाई एमालेका पशुपति दयाल मिश्राले पछाइरहेका छन्। मिश्रले २२६ मत प्राप्त गरेका छन्। राप्रपाका नन्दलाल वैश्यले २१२ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्।

यसैगरी उपमेयरमा गठबन्धन (जनता समाजवादी पार्टी) का करुद्धिन राईले ३०७ मत ल्याएर अग्रस्थानमा छन। राप्रपाकी विन्दुचर्ति मगरले २५९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छन्। उनलाई एमालेकी शान्तिदेवी ढकालले पछाइरहेकी छन्। ढकालले २२६ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:५५