सूचनाको शक्ति - The Power Of Information

        

खजुरा २ मा गठबन्धनका धनराम २२९ मतले अगाडी

खजुरा गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार धनराम ओलीले अग्रता लिएका छन । ३८५६ मत गणना हुँदा धनरामले एमालेका उम्मेदवार समर बहादुर खत्रीलाई २२९ मतले पछी पारेका छन ।

माओवादी नेता धनरामले १८५३ र समरले १६२४ मत प्राप्त गरेका छन । खजुराको २ नम्बर वडा एमालेको पकड भएको वडा हो । यस वडाबाट गाउँपालिका अध्यक्षमा भने एमालेका उम्मेदवार सुमन मल्लले अग्रता लिएका छन ।

सुमनले १८५५ मत र उनका प्रतिद्धन्द्धी कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले १६३९ मत पाएका छन । सुमनले २१६ मतले २ नम्बर वडामा अग्रता लिएका छन ।

यसैगरी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवारबिच भने खजुरामा प्रतिस्पर्धा देखिएको छ । एमालेकी ताजरुन निशाले १६१५ मत र गठबन्धनकी मन्जु मल्लले १६०६ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:४६