सूचनाको शक्ति - The Power Of Information

        

प्युठानमा माण्डवी–१ मा विप्लव समूहका वडाध्यक्षमा निर्वाचित

प्युठानको माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार बामबहादुर बुढा निर्वाचित भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् । वडाध्यक्ष बुढामगरले ७७० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले रिखबहादुर गौतमले ६२८ मत पाएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:३८