सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

१६ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ६/६ वटामा विजयी

पालिका चुनावमा निर्विरोध भएकासहित १६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ६, एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले २ पालिकामा जित हासिल गरेका छन् ।

एमाले :

१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका
४.गुल्मीको रेसुङ्गा नगरपालिका
५.डडेलुधराको गन्यापधुरा गाउँपालिका
६.गुल्मीको गुल्मीदरबार गाउँपालिका

नेकपा माओवादी केन्द्र :

१. डोल्पाको जगदुल्लाह गाउँपालिका
२. दैलेखको नौमुले गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:११