सूचनाको शक्ति - The Power Of Information

        

खजुरा- १ मा कांग्रेसका मनवीर क्षेत्री विजयी

खजुरा गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस माओवादी गठबन्धन तर्फको उम्मेदवार मनवीर क्षेत्री विजयी भएका छन ।

खजुराको १ नम्बर वडामा गएको स्थानीय निर्वाचनमा एमालेबाट सुमन मल्लले जितेका थिए । अहिले उनी गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन ।

एमालेको पकड भएको वडा हो १ नम्बर । तर कांग्रेसका मनवीर क्षेत्रीले १८५ मतले जित हासिल गरेका छन । मनवीर नेपाली कांग्रेसका पुराना नेता हुन ।  क्षेत्री जनताको सेवामा सधै सक्रिय भएर लागेका नेता हुन ।

जित पछि क्षेत्रीले वडावासी सम्पुर्ण जनतालाई धन्यवाद दिदंै वडाको विकासमा लाग्ने बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:०५