सूचनाको शक्ति - The Power Of Information

        

नौमुले गाउँपालिकामा माओवादीका छविराम सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी विजयी भएका छन् ।

उनले ३२ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए ।

एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित सुवेदी २०७४ मा पालिका अध्यक्षमा पराजित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा एकिकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत ल्याएका थिए । उनको प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अमृता सिंहले २४ सय ५ मत ल्याएकी थिइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०७:४३