सूचनाको शक्ति - The Power Of Information

        

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

स्थानीय तहको निर्वाचन लगत्तै वाणिज्य सचिव डा.गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:३०