सूचनाको शक्ति - The Power Of Information

        

दाङमा ९ वटै पालिकामा एमाले अग्रताविहीन

दाङका ९ स्थानीय तहमा एमाले अग्रताविहीन बनेको छ । अहिले भैरहेको मतगणनामा एमाले ९ स्थानीय तहमध्ये कुनै तहमा पनि अगाडी छैन ।

दिउँसोसम्म एमालेले गढवा गाउँपालिकामा अग्रता लिइरहेको थियो । तर यो गाउँपालिकामा पनि अहिले माओवादीले एमालेलाई उछिनेको छ । यो पालिकामा एमाले दोस्रो स्थानमा भरेको छ ।

यसैगरी घोराही उपमहानगरपालिमा गठबन्धन तर्फका उम्मेदवारहरूको अग्रता कायमै छ । दोस्रो स्थानमा रहेको एमालेले यहाँ गठबन्धनलाई पछ्याइरहेको छ । यसैगरी लमही नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ ।

जिल्लाका दंगिशरण,शान्तिनगर, बबई गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ । यसैगरी कांग्रेस माओवादी गठबन्धन बनेको बंगलाचुली गाउँपालिकामा पनि एमालेले गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेको छ ।

यो पालिकामा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अध्यक्षमा र कांग्रेसका उम्मेदवार उपाध्यक्षमा भिडेका छन् । यसैगरि राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता कायम राख्दा एमाले अहिले सम्म जिल्लामा अग्रहता बिहीनताको अवस्थामा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:१५