सूचनाको शक्ति - The Power Of Information

        

पोखरा महानगरमा गठबन्धनलाई उछिन्दै एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मत परिणाम सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन् । थापाले ६१ मतसहित अग्रता लिएका छन् ।

पाँच दलीय गठबन्धनका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन् । नौ बजेसम्म सार्वजनिक गरिएको मत परिणाम अनुसार गठबन्धनबाटै नेपाली काँग्रेसी उपप्रमुख उम्मेदवार कोपिला रानाभाटले ६० मत प्रप्त गरेकी छन् ।

नेकपा एमालेकी मन्जुदेवी गुरुङले ६० मत पाएकी छन् । उपप्रमुखमा दुवैको मत बराबर रहेको छ । थापा पूर्व नगर प्रमुख हुन भने मन्जुदेवी गुरुङ बर्तमान उपप्रमुख हुन् । पोखरा महानगर देशकै ठूलो महानगर हो । ३३ वटा वडा छन् ।

कुल मतदाता २ लाख ७ हजार ७१२ मा शुक्रबारको मतदानमा १ लाख ४३ हजार २२८ मतदाता मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६ प्रतिशत मत खसेको जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा झण्डै १३०० मत गणना हुँदा नेपाली काँग्रेस र नेकपा एमालेको उम्मेदवारको मत बराबर भएको छ । केही समय अघिसम्म नेकपा एमालेका विष्णु केसीले अग्रता लिए पनि झण्डै १३०० गर्ने क्रममा दुवैको मत बराबरी आएको हो ।

उनले नेपाली काँग्रेसका प्रतिस्पर्धी युवराज कुँवर र नेकपा एमालेका विष्णु केसीले समान ६४१ मत प्राप्त गरेका छन् । कास्कीकै माछापुच्छे गाँउपालिकाका काँग्रेसका मिनबहादुर गुरुङ १९८९ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

उनका प्रत्यासी नेकपा एमालेका विक्रम गुरुङ एमले १७७७ मत ल्याएका छन् । उपाध्यक्ष तर्फ काँग्रेसकी सीता अधिकारीले १८३४ मत पाउँदा एमालेकी सीता तिवारीले १७०२ मत प्राप्त गरेकी छन् ।

रुपा गाउँपालिकामा भने नेपाली काँग्रेसकी गीमाया गुरुङले ९८३ मत पाउँदा एमालेका नवराज ओझाले ८०७ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्ष तर्फ काँग्रेसका नारायण श्रेष्ठले १००७ मत पाउँदा एमालेकी लालसुबा गुरुङले भने ७५४ मत प्राप्त गरेकी छन् ।

ओझा र गुरुङ रुपा गाउँपालिकाका बर्तमान अध्यक्ष र उपाध्यक्ष समेत हुन् । त्यसैगरी कास्कीकै मादी गाउँपालिकामा नेकपा एमालेका शिव गुरुङ (मेहन्द्र)ले २८७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षतर्फ एमालेकी कल्पना गुरुङले २९८ मतसहित अगाडि रहँदा गठबन्धनका लालबहादुर गुरुङ २१४ मत प्राप्त गरेका छन् । गत २०७४ को स्थानीय तहको निर्वाचनमा कास्कीमा चार वटा गाउँपालिका मध्ये एमालेले तीन र एक गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:०६