सूचनाको शक्ति - The Power Of Information

        

सल्यानको बनगाड कुपिण्डेमा गठबन्धनका उम्मेदवारको अग्रता

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवारले लगातार अग्रता लिएका छन् ।

अहिलेसम्म एक हजार १५७ मत गणना हुँदा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले ५७० मत ल्याएका छन् ।

उनी तीन दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै एमालेका एमाले गोविन्दकुमार पुनले ३४३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनतर्फबाटै नेपाली काँग्रेसका पुरुषोत्तम आचार्य ३४४ मत ल्याएर अगाडि छन् भने एमाले र स्वतन्त्र गठबन्धनबाट दिपेन्द्र विष्टले ५०६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:००