सूचनाको शक्ति - The Power Of Information

        

सभागृह बाहिर नाराबाजी, ‘सागर, बसन्ते, किस्ने : बालेनले हो जित्ने !’

काठमाडौं महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभागृह बाहिर नाराबाजी भइरहेको छ । स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले सुरुवाती मतगणनामा अग्रता लिइहेका बेला उनको पक्षमा नाराबाजी भएको हो ।

प्रारम्भिक मतगणनाका क्रममा बालेन शाहले आफ्ना प्रतिष्पर्धी उम्मेदवारहरु केशव स्थापित र सिर्जना सिंहलाई पछाडि पारेका छन् ।

उनका समर्थकहरुले ‘सागर, बसन्ते, किस्ने : बालेनले हो जित्ने’ भन्दै बालेनको पक्षमा नाराबाजी गरेका हुन् । अहिले बालेनले २०० मतले अग्रता लिएका हुन् ।

उनले ४८० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २८० मत प्राप्त मत गरेकी छिन् । तेस्रो स्थानमा एमालेका केशव स्थापित छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन् ।

यद्यपी मेयर पदका अर्का उम्मेदवार एमालेका स्थापितले भने शुक्रबार साँझदेखि आफूले अग्रता पाउने दाबी गरेका छन् । महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ वडाको मत गणना भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १९:५४