दैलेखमा शनिवार ढिला गरि भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कर्णाली प्रदेशकै धेरै दैलेखमा ११ स्थानीय तह छन् । त्यसमध्ये ६ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने एउटामा बराबरी रहेको छ ।
एमालेले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ । गुराँस गाउँपलिका, नौमुले गाउँपालिका, नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, भगवती गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ ।
ठाटीकाँध गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार काँग्रेस र एमालेको बराबर मत सार्वजनिक गरिएको छ । दुवै पार्टीले २४३ मत पाएका हुन् । त्यस्तै नेकपा एमालेले दुल्लु नगरपालिका, आठबिस नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिकामा प्रमुखमा अग्रता लिएको छ ।
शनिवार साँझसम्म ९० वटा रहेको दैलेखमा १० वटा वडाअध्यक्ष निर्वाचित भएका छन् । जसमा नौमुले गाउँपालिका १ र २ वडाबाट काँग्रेस र ३ वटाबाट एमालेका उम्मेदवार निर्वाचित भएका छन् । डुगेश्वर गाउँपालिका–१ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । महावु गाउँपलिका –१ बाट एमालेबाट वडाअध्यक्ष निर्वाचित भए ।
गुरासँ गाउँपालिका १ र २ वडाबाट नेपाली काँग्रेसका उम्मेदवारले जिते । दुल्लु नगरपालिका–१ र भैरवी गाउँपालिका–१ बाट नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिका–१ बाट नेपाल मजदुर किसान पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा मतगणना कार्य भईरहेको छ ।
मत गणना कार्य सुस्त हुँदा परिणाम आउन ढिलाई भएको हो । नारायण नगरपालिकामा विहान ८ बजेपछि मतगणना भएकोमा साँझ ७ बजेसम्म एउटा वडाको मतगणना सकिएको छैन । ११ वटा रहेको नारायणमा यही गतिमा मतगणना हुने हो भने मतगणना सम्पन्न गर्न कम्तीमा १० दिन लाग्ने देखिन्छ ।
सत्यपाटी । दैलेख ।