सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाको तिला–१ मा माओवादीको प्यानल विजयी

जुम्लाको तिला गाउँपालिकाको–१ मा कांग्रेस–एमाले गठबन्धनलाई नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मुनबहादुर रावतलाई १४४ मतले पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर बस्नेत विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार बस्नेतले ३४६ मत प्राप्त ल्याएका छन् भने कांग्रेस–एमाले गठबन्धनका रावतले २०४ मत ल्याएका छन् ।

उक्त कांग्रे्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादीको सिंगो प्यानलसहित विजयी भएको छ । सो वडामा ५९१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १९:०१