सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, स्थापित ४७ मतले पछि

पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ ।

अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ ।

बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ ।

स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकशील साझाकी समीक्षा बास्काेटाले ११ मत प्राप्त गर्नुभएकाे छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १८:४७