सूचनाको शक्ति - The Power Of Information

        

चार घण्टापछि भरतपुरमा महानगरमा रेनुको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी छन् ।

अहिलेसम्म ३ सय ५० मतगणना गर्दा रेनुले १३३ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले १२७ मत पाएका छन् ।

कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् । जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ ।

भरतपुर महानगरको २९ वडाबाट १ लाख २७ हजार ५६५ मत खसेको छ । वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ । जसमा ३२ सय ७६ मत खसेको छ ।

पौडेलले पनि मत काट्दै गएपछि गठबन्धनमाथि दबाब परेको छ । उनले सत्ता गठबन्धनको कम्तीमा १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ ।

मतगणना धेरै ढिलाइ भइरहेको गणनास्थलमा खटिएका एकजना प्रतिनिधिले बताएका छन् । गणना सुरु भएको पाँच घण्टामा केबल ३ सय मत मात्रै गन्न सम्भव भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १८:४८