सूचनाको शक्ति - The Power Of Information

        

राप्ती सोनारीमा थारु र पौडेलबीच कडा प्रतिपर्धा

बाँकेको राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेका रामदास थारु र नेपाली कांग्रेसका तप्त पौडेलबीच कडा प्रतिपर्धा देखिएको छ । सुरुवाती चरणमा पौडेलले अग्रता लिएपछि अहिले भने थारुले अग्रता लिएका छन् ।

३ हजार ७७ मतगणना गर्दा एमालेका थारुले १ हजार १ सय १३ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल १ हजार ७० मतका साथ दोस्रो स्थानमा छन् ।

साथै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ५ सय १८ मत ल्याएका छन् ।

पाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको १ हजार १ सय १३, कांग्रेसकी मनिषासिंह थारुको १ हजार ३८ र माओवादीकी मन्जु रोकायले ४ सय ५२ मत पाएका छन् । मतगणना भने अझै जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १८:३८