बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको थियो ।
मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको जनाएको छ ।
‘अहिले पनि प्रहरीमाथि ढुंगामुढा भइरहेको छ, मत पेटिकाहरुको सुरक्षा गरिरहेका छौं,’ बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाले भने ।
त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ । विवादले उग्ररूप लिएपछि प्रहरीले ९ राउन्ड हवाइ फायर गरेको थियो ।
सत्यपाटी । ।