सूचनाको शक्ति - The Power Of Information

        

बझाङको साइपालबाट एमालेले खाता खोल्यो

बझाङको साइपाल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित नेकपा एमाले बिजयी भएको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले प्रतिद्धन्दी साउने धामीलाई पराजित गर्दै प्यानलसहित बिजय हात पारेका हुन् ।

बिजयी भएका धामीले १५५ मत ल्याएका छन् भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए ।

यस्तै गाउँपालिका अध्यक्षतर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् ।

उपाध्यक्षतर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धन बाटु बोहराले १२८ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:५३