सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरमा बालेन र स्थापितबीच कडा प्रतिस्पर्धा !

काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र नेकपा एमालेका केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म करिब ८ सय मत गनिसक्दा लौरोबाट उठेका बालेनले ३५६ मत ल्याएका छन् । उता नेकपा एमालेका केशव स्थापितले ३०८ मत ल्याएका छन् ।

यहाँ नेपाली कांग्रेसकी सिर्जना सिंह १९७ मतसहित तेस्रो स्थानमा छिन् । अर्कातिर विवेकशील साझाकी समीक्षा बाँस्कोटाले ६२ मत ल्याउँदा राप्रपाका मदनदास श्रेष्ठले ३९ मत ल्याएका छन् ।

काठमाडौंका २३, २ र १ नम्बर वडाको मतगणना भइरहँदा यहाँ बालेन र केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको अवस्थामा बालेन स्थापितभन्दा ४८ मतले अगाडि देखिएका छन् ।

जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौं महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:३५