सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरमा कांग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनतर्फका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । १ हजार ५२९ मत गणना हुँदा कोइरालाले ५२९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाले ४०१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १०६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले ४५० र गठबन्धन तर्फका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले २४५ र स्वतन्त्रकी नमिता न्यौपानेले ६७ मत प्राप्त गरेकी छिन् ।

पहिलो चरणमा वडा नं. १, २, १६, १७, १८ र १९ को मतगणना भइरहेको छ । विराटनगर महानगरमा १ लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:०८