सूचनाको शक्ति - The Power Of Information

        

सर्लाहीको कौडेनामा गोली चल्यो

सर्लाहीको कौडेनामा कृषिमन्त्री पुगेपछि स्थानीयले होहल्ला गर्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

कार्यकर्ता भेटघाटको क्रममा कौडेनामा शनिबार कृषिमन्त्री महेन्द्र यादव पुगेपछि माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुले हुल हुज्जत गर्न खोजेका थिए ।

कृषिमन्त्री यादवमाथि ढुंगामुढा हुने सम्भावना बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरेको र स्थिति नियन्त्रणमा आइसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले बताएका छन् ।

सर्लाहीमा शुक्रबार मतदानको क्रममा पनि कौडेनामा स्थिति तनाव ग्रस्त बनेको थियो । ११ नगरपालिका र ९ गाउँपालिकासहित २० स्थानीय तह रहेको सर्लाहीको धेरै ठाउँमा मतगणना सुरु भएको छ ।

जिल्लाको १५ स्थानीय तहको मतगणना सुरु भइसकेको एसपी पोखरेलले जानकारी गराएका छन् । यसैबीच सर्लाही सदरमुकाम मलंगवाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:०६