सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा माओवादीको अग्रता कायमै, ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी

रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ ।

जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३२१ र एमालेका घनस्याम आचार्यले ४८ मत प्राप्त गरेका छन् ।

परिवर्तन गाउँपालिकामा माओवादीका सुकबहादुर बुढाले ७१५ ल्याउदा कांग्रेसका विश्व कुमार चन्दले ५५३ मत ल्याएका छन् । माडी गाउँपालिकामा माओवादीका अमरसिंह घर्तीले ८७५ मत ल्याउँदा एमालेका विजय घर्तीले ८४८ मत ल्याएका छन् ।

सुनिलस्मृती गाउँपालिकामा माओवादीका मणिराम बुढाथोकिले ७८० ल्याउँदा कांग्रेसका गञ्जबहादुर क्षेत्रीले ३९२ मत ल्याएका छन् । लुग्री गाउँपालिकामा माओवादीका भरतकुमार थापाले ९६७ मत ल्याउदा कांग्रेसका जनक खड्काले ५६२ मत ल्याएका छन् ।

त्रिबेणी गाउँपालिकामा माओवादीका रेशम पुनले ५८२ मत ल्याएका छन् भने एमालेका कर्णबहादुर पुनले ५१४ मत ल्याएका छन् । यहाँको गंगादेव गाउँपालिकामा भने कांग्रेसको अग्रता रहेको छ । कांग्रेसका हरीबहादुर पुनले ५८४ मत ल्याउँदा एमालेका रोसनकुमार वलीले ४६४ मत ल्याएका छन् ।

अहिलेसम्म आएको परिणाम अनुसार जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापाले ९८७ मत लिइ प्यानलसहित विजीय भएका छन् । थबाङ गाउँपालिका–१ उवामा माओवादी केन्द्रका गोवर्दधन घर्तीमगर प्यानलसहित विजयी भएका छन् ।

त्रिबेणी गाउँपालिका–१ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुनिलस्मृति गाउँपालका–१ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन् ।

माडी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८९० लिइ विजयी भए । परिवर्तन गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन् । बुढामगर ७६३ मत ल्याएका छन् । लुंग्री गाउँपालिका ७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन् ।

गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ । उनले ३८५ मतसहित विजयी हासिल गरेका हुन् । सुनछहरी र रुन्टीगढी गाउँपालिकामा ढिलो गरी मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:५८