सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा बालेनकै अग्रता, सिर्जना दोस्रो, केशव तेस्रोमा

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन् ।

महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा साहले १९२ मतसहित अग्रता कायमै राखेका हुन् ।

त्यसपछि उनलाई अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् । उनले १३० मत ल्याएकी छन् ।

तर, नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित भने १११ मतसहित तेस्रो स्थानमा झरेका छन् । तर यो मतपरिणाम प्रारम्भिमक हो ।

वडा नम्बर ३२ बाट बालेनले १०४ मत पाउँदा सिर्जनाले ३८ मत ल्याएकी छन् । यसैगरी स्थापितले २६ मत ल्याए ।

वडा नम्बर २ मा बालेनले ३२ मत ल्याउँदा सिर्जना १० मतमा खुम्चिइन् भने स्थापितले ६ मत मात्रै पाएका छन् ।

वडा नम्बर १ मा ३ सय मत गणना हुँदा सिर्जनाले अग्रता बनाएकी छन् । उनले ८२ मत ल्याउँदा स्थापितले ७९ सहित दोस्रो भए भने बालेनले ५६ मात्रै ल्याए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:३९