सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा बालेनको अग्रता कायमै, ५६८ मत ल्याए

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

जसमा स्वतन्त्र उमेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:०३