सूचनाको शक्ति - The Power Of Information

        

बझाङका दुई पालिकामा जेठ १ र २ मा निर्वाचन हुँदै

बझाङको जयपृथ्वी नगरपालिका–७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुनः मतदान हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सुनिपिपल मावि केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवादपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । उक्त मतदान केन्द्रमा ढुंगामुढा र हुलदंगा गरेर मतपेटीका फुटाएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

त्यस्तै केदारस्युँ गाउँपालिका–४ स्थित जगन्नाथ मावि शैन्सु केन्द्रमा विवादका कारण स्थगित भएको निर्वाचन जेठ २ गतेबाट पुनः हुने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । विवादका कारण स्थगित गरिएको सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नं.३ को कृष्ण प्राविको भने पुनः मतदान गर्ने मिति तोकिएको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:००