धरानमा प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ ।
वडा नं १, २ र ३ को प्रारम्भिक सय/सय मतगणनाको नतिजा सार्वजनिक हुँदा बाम गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई अगाडि छन् ।
कुल ३ सय मत गणना हुँदा उनले ११६ मत पाएका छन् भने मेयरका स्वतन्त्र हर्क साम्पाङले ७९ मत ल्याएर दोस्रो स्थानमा छन् ।
नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ५३ मत पाएकी छिन् । यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अगाडि छन् ।
एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुको १८ मत छ ।
धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मात्र मतगणना भइरहेको छ । धरानको कुल मतदाता १ लाख ३२४ मध्ये शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो ।
सत्यपाटी । धरान ।