सूचनाको शक्ति - The Power Of Information

        

ललितपुर महानगरमा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

महर्जनले ५७ मत प्राप्त गरेका छन भने हरिकृष्ण व्यञ्जनकारले ३० मत प्राप्त गरेका छन् । ललितपुरमा राप्रपाबाट अष्टबहादुर महर्जन र विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ मेयरका उम्मेदवार हुन् ।

ललितपुरमा कुल मतदाता १ लाख २२ हजार ८९० छन् । २९ वटा वडा छ । मतदान केन्द्र ५२ वटा थिए । पुरुष मतदाताको संख्या ५९ हजार ४५३ र महिलाको संख्या ६३ हजार ४३७ छ । ललितपुरको कुल जनसंख्या २, लाख ९९ हजार ८४३ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:५२