सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरमा सुरुवातमै कांग्रेस–जसपा गठबन्धनको अग्रता

स्थानीय तह निर्वाचनको मत गणनामा नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेस–जसपा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रमूख पदका उम्मेदवार प्रशान्त विष्टले अग्रता लिएका हुन् ।

उनले ७९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।

यस्तै नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ६८, नेकपा एमालेका शान्ति ढकालले २६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र २२ को पनि मतगणना सुरु भएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:४५