सूचनाको शक्ति - The Power Of Information

        

दाङका स्थानीय तहमा कसको अग्रता ?

दाङका ९ स्थानीय तहमा भैरहेको मतगणना अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी तहमा अग्रता कायम राखेको छ । कांग्रेसले लमही नगरपालिका, दङ्गिशरण, बबइ, शान्तिनगर गाउँपालिकामा अग्रता लिएको छ ।

माओवादिले राप्ती र राजपुर गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा एमालेले एउटा तह गढवा गाउँपालिकामा मात्रै अग्रता लिएको छ । यस्तै घोराही उपमहानगर र बङगलाचुली गाउँपालिकामा कांग्रेस माओवादीको गठबन्धनले अग्रता लिएको छ ।

तुलसीपुर उपमहानगरमा भने जेठ ३ गते मात्रै मत गणना हुनेछ । यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लवरु चौधरीको निधन भएपछी यो वडामा शुक्रबार निर्वाचन हुन सकेन । यो वडामा जेठ ३ गते निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:३८