सूचनाको शक्ति - The Power Of Information

        

राप्ती सोनारीमा एमालेको अग्रता

राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष पदमा एमालेका रामदास थारु र उपाध्यक्ष पदकी चमेली बागवलले अग्रता लिएका छन् ।

१ हजार २ सय मत गणना गर्दा थारुले ४ सय ३६ र बागवलले ४ सय ४१ मत ल्याएका छन् ।

दोस्रोमा भने नेपाली कांग्रेसका तप्त पौडेलले ४ सय ३ मत ल्याएका छन् भने उपाध्यक्ष पदमा मनिषासिंह थारुको ३ सय ८३ मत ल्याएकी छिन् ।

माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले २ सय १३ मत ल्याएका छन् । माओवादीकी मन्जु रोकायले १ सय ९० मत पाएकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:३५