सूचनाको शक्ति - The Power Of Information

        

तिलोत्तमा नगरपालिकामा काँग्रेसको अग्रता

रुपन्देहीका स्थानीय तहहरुमा मत गणना भइरहेको छ । मतगणना सुरु भएका स्थानीय तहहरुमा काँग्रेसले अग्रता लिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २५० गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १०१ मतले अग्रता लिएका छन् । एमालेका मोहन चापागाइले ९५ मतसहित खाणलाइ पछयाएका छन् ।

उपमेयरमा भने एमालेका जागेश्वरी चौधरीले ८७ मत ल्याएकी छन् । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ४६ मत पाएका छन् । मत गणना जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:३४