पोखरा महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन् । प्रतिनिधिको परिचय पत्र बनाउन भएको ढिलाइले मतगणना केही समय लाग्ने देखिएको छ ।
दिउँसो २ बजे मतगणना कार्य गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएपनि प्रतिनिधि चयनमा ढिलाइ हुदाँ गणना कार्य अगाडि बढ्न नसकेको हो । परिचय पत्र बनाउने काम भइरहेकोले केही समय लाग्ने देखिएको छ ।
नेकपा एमालेका प्रमुखका उम्मेदवार कृष्ण थापा र उपप्रमुख मन्जुदेवी गुरुङ, पाँचदलीय गठबन्धनका साझा उम्मेदावर धनराज आचार्य तथा उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छन् ।
थापा पूर्व नगरप्रमुख हुन भने गुरुङ वर्तमान उपप्रमुख हुन् । दुई लाख ७ हजार ७१२ मतदातामध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २२८ मतदाता मतदानमा सहभागिता जनाएको तथ्यांक छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६ प्रतिशत मत खसेको छ ।
सत्यपाटी । पोखरा ।