सूचनाको शक्ति - The Power Of Information

        

निर्विरोधसहित १० पालिकाको नतिजा सार्वजनिक : एमाले ५, कांग्रेस ३

पालिका चुनावमा निर्विरोध भएकासहित १० पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
१. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
२. मनाङको ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:१८