सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाको गंगादेव–१ मा कांग्रेस वियजी

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन् ।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३८५ मतका साथ विजयी हासिल गर्दा एमालेले २४० र माओवादीले २२४ मत ल्याएको छ ।

वडा न. ७ मा पनि कांग्रेसले अग्रता लिँदा समग्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । यो वडामा माओवादी तेस्रो भएको छ भने गाउँपालिकामा पनि पछि देखिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:१६