सूचनाको शक्ति - The Power Of Information

        

झलनाथको जन्मगाउँमा एकीकृत समाजवादीका उम्मेदवार पराजित

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जित्दा नेकपा (एस)का वडा सदस्यका उम्मेदवारलाई भने नेकपा (एमाले)का उम्मेदवारले पराजित गरेका हुन् । यो वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भए ।

उनले २०७४ सालको स्थानीय निर्वाचनमा विजयी उम्मेदवार एमालेका वडाध्यक्ष अम्बिकाप्रसाद गौतमलाई पराजित गरे । बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए ।

यो वडामा महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन् । गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन् । उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:०५