सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा कांग्रेस पहिलो, राप्रपा दोस्रो

बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म १४०० मत गणना सकिएको छ ।

जसमध्ये कांग्रेसका उमेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उमेदवार बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत प्राप्त गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेका छन् भने एमालेकी सावित्रा अर्यालले २९४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:५७