सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा तीन पार्टीका तीन वडाध्यक्ष विजयी

डुगेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा माओवादीका श्याम राना विजयी भएका छन् । उनले ७८१ मत ल्याएर विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कलावती न्यौपानले ५५१ मत ल्याएकी थिइन् ।

रानाले गठबन्धनको सहयोगमा चुनाव जितेका हुन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर मल्ल ७०३ मत ल्याएर अग्रता कायम राखेका छन् भने नेकपा एमालेका सुन्दर केसी ५०१ मत ल्याएका छन् ।

नौमुले गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष रुपेश राना विजयी भएका छन् । उनले ४०० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नामाखर शर्माले ३८६ मत ल्याएका थिए ।

महावु गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका सर्वराज सार्की ६९२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुर्यराम सावद ६३६ मत ल्याएका थिए । मतगणना कार्य तीव्र गतिमा भइरहे पनि पहिलो नजिता अनुसार तीन पार्टीका तीन जना वडाअध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै चामुण्डाविन्द्रसैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ३२६ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेबाट सुर्यबहादुर शाहीले २०७ मत, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले २३१ मत ल्याएका छन् । नारायण नगरपालिकामा मतगणना कार्य बिहान ११ बजेबाट सुरु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:१७