सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकामा मतगणना सुरु

स्थानीय तह निर्वाचन अन्तर्गत बाँकेको कोहलपुर नगरपालिकाको मतगणना केहीबेर अघि सुरु भएको छ ।

प्राविधिक कारण केही सयम ढिला गरी मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कडा सुरक्षाबीच कोहलपुर नगरपालिकाको सभाहलमा बिहान झण्डै ११ः३० देखि मतगणना सुरु भएको जनाइएको छ ।

प्रमुख, उपप्रमुख, अध्यक्षसहितको ७७ पदका लागि शुक्रबार भएको निर्वाचनमा कोहलपुर नगरपालिकामा कुल ५६ हजार ७९७ मतदाता ४२ हजार ३५४ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:४६