इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाइफायर भएको छ । शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको स्थानीय पत्रकार टिका खतिवडाले जानकारी दिए । मतगणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो ।
त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नेकपा (एमाले)ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको खतिवडाले जानकारी दिए ।
उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणनास्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको खतिवडाले जानकारी दिए ।
सत्यपाटी । इलाम ।