सूचनाको शक्ति - The Power Of Information

        

बैतडीका ६ स्थानीय तहमध्ये चार वटामा कांग्रेस अग्रता

बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा प्रमुखमा नेकपा एमालेका पुष्करराज जोशी ३ सय ९८ मत ल्याएर अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ३ सय ३३ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी कौशिला चन्द ३ सय ६७ मतले अग्रता लिएकी छन् भने एमालेकी सरस्वती नेपालीले ३ सय ५२ मतका साथ पछ्याइरहेकी छन् । पाटन नगर नगरपालिकामा प्रमुखमा कांग्रेसका गौरीसिंह रावलले २ सय २५ मत ल्याएका छन् ।

एमालेका नारायणसिंह भण्डारीले २ सय २०, उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा २ सय ८ र एमालेकी हरु भट्टले १ सय ९६ मत ल्याएकी छन् ।

पुर्चौडी नगरपालिका प्रमुखका कांग्रेसका दिपकबहादुुर बमले ४ सय ५ मत एमालेका कर्णबहादुर कुँवरले २ सय ७७ र माओवादी केन्द्रका बिक्रमबहादुुर कुँवरले २ सय ३३ मत ल्याएका छन् ।

उपप्रमुखमा कांग्रेसकी मीना धानुक ४ सय ७ एमालेकी जानकी साउँद २ सय ९३, माओवादी केन्द्रकी नन्दा साउँद २ सय ५१ मत ल्याएकी छन् ।

मेलौली नगरपालिकामा एमालेका जगदिशसिंह नायकले ९६ मत कांगेसका प्रेमबहादुर चन्दले ९६ र माओवादी केन्द्रका भीमबहादुर चन्दले ७८ मत ल्याएका छन् । शिवनाथ गाउँपालिका प्रमुखमा कांगेसका कर्णसिंह साउँदले ६ सय ४१ मत, एमालेका हजारीसिंह साउँदले ५ सय ६ मत ल्याएका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा कांग्रेसका गजेन्द्रबहादुर चन्द १ सय ९८ मत, एमालेका अम्मरबहादुर कुँवरले ३२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:०५