सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाका ७ वटा वडाबाट माओवादीको विजयी सुरुवात

रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ । अहिलेसम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन् । यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन् ।

कवरले ७७६ मतका साथ विजयी हासिल गर्दा एमाले–कांग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३७४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रले थबाङ गाउँपालिका–५ मा गोबर्धन घर्ती विजयी हासिल गरेका छन् । त्रिवेणी गाउँपालिका–१ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार देउराम घर्ती विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई पराजित गरेका हुन् । देउरामले ४८८ मत पाउँदा दिलबहादुरले ४१२ पाएका छन् । यस वडामा ७६ मतान्तर रहेको छ । माडि वडा न. १ मा माओवादीकै रोहित सिंह घर्तीमगर ८९० मतका साथ बिजयी भएका छन् । परिबर्तन गाउँपालिका वडा न. १ मा पनि माओवादीले जित हासिल गरेको छ । लुङग्री गाउँपालिका ७ मा पनि माओवादीका उमेद्वार विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:०२