स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
जानकी गाउँपालिकामा बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम सार्वजनिक भएको छ, जसमा २०० मतगणना हुँदा कांग्रेसले अग्रता कायम गरेको छ ।
जानकी वडा नं. १ को २०० मतगणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ ७८, जनता समाजवादी पार्टीका राजिव बर्मा ५४ र एमालेका हिमांशु यादवले ल्याएका छन् ।
यस्तै बैजनाथ गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । बैजनाथमा ४०० मतगणना हुँदा अहिले कांग्रेसले अग्रता कायम गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकामा ४०० मतगणना हुँदा अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर शाही १६६ र उपाध्यक्षमा निर्मला रोकाय १५२ मतसहित अगाडी छन् ।
त्यस्तै एमालेबाट अध्यक्षमा घननाथ खनालले ११६ र प्रेमपूर्ण योगी १२० मत ल्याएका छन् भने अध्यक्षमा नेकपा माओवादी केन्द्रका युगान्त शाह ४८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
सत्यपाटी । बाँके ।