काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको छ । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।
मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साह, विवेकशील साझाबाट समीक्षा बास्कोटा लगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौंमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।
सत्यपाटी । काठमाडौं ।